• ५ मंसिर २०८२, शुक्रबार

दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

blog

दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा दुर्घटनामा परेको लडाकु विमान । तस्बिर सौजन्य: जगत लुइटेल

दुबई, मङ्सिर ५ गते ।  संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ।

दुर्घटनाको पुष्टि गर्दै भारतीय वायुसेनाले विमानका पाइलटलाई गम्भीर चोट लागेको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

सामाजिक सञ्जालमा प्राप्त भिडियोमा विमान एकाएक सीधा जमिनतर्फ खस्दै गएको र त्यसपछि ठूलो आगो र कालो धुवाँ उठेको देखिन्छ।

पीटीआईका अनुसार विमान दुबईको अल–मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एयर शोको नियमित प्रदर्शन उडानमा सहभागी थियो।

भारतीय वायुसेनाले घटनाको विस्तृत जाँच सुरु गरेको जनाएको छ।