• ५ मंसिर २०८२, शुक्रबार

एनपिएलः पोखराविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

blog

काठमाडौँ, मङ्सिर ५ गते । राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल० मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । 

कीर्तिपूरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो ।

यस्तै कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पनि दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ ।