• ५ मंसिर २०८२, शुक्रबार

राष्ट्रपति पौडेलद्धारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

blog

काठमाडौँ, मङ्सिर ५ गते ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।  

राष्ट्रपति पौडेलले शुक्रबार नेपाल विशेष सेवा (दोस्रो संशाेधन) अध्यादेश, २०८२ जारी गर्नुभएको हो । 

राष्ट्रिपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले राष्ट्रपति पौडेलले नेपाल विशेष सेवा –दोस्रो संसोधन ) अध्यादेश ,२०८२ जारी गरेको जानकारी दिनुभयो । 

 राष्ट्रिपति पौडेलले संविधानको धारा ११४ को उपधारा  (१)बमोजिम मन्तिपरिषद्को  सिफारिसमा  अध्यादेश जारी गर्नुभएको हो ।