• १६ भदौ २०८१, आइतबार

‘टलकजङ्ग भर्सेस टुल्के’को सिक्वेल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २१ गते । तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथामा बनेको चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’को सिक्वेल निर्माण हुने भएको हो । पुरानै कलाकारहरू लिएर चलचित्र निर्माण गर्ने निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, ऋचा शर्मा, सुशाङ्क मैनाली, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा थिए । ‘टलकजङ्ग भर्सेस टुल्के’को कथा तथा पटकथा खगेन्द्र लामिछानेले लेख्नुभएको थियो ।