• १६ भदौ २०८१, आइतबार

नेप्से परिसूचक ९.७५ अंकले गिरावट

blog

फाइल स्केच ।

काठमाडौं, असार २० गते । साताको पहिलो कारोबारको दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबारमा सामान्य गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.७५ अंक घटेर २०७६.६७बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६८ अंक, फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ । 

सोमबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि सोमबार कारोबार रकममा भने उच्च वृद्धि भएको छ । 

आइतबार २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको थियो । सोमबार नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक सर्वाधकि ५.१० प्रतिशत बढेको छ । 

अन्य उपसमूहको परिसूचकको १ प्रतिशतभन्दा कमले बढेका छन् । यता, विकास बैंक, होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था र ङादी ग्रुपको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

त्यसैगरी सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । यता, युनियन हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा साढे १७ करोडको शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमारहेको छ । हिमालयन डिष्टिलरीको करिब १७ करोडको शेयर किनबेच भएको छ ।