• १६ भदौ २०८१, आइतबार

टेलिचलचित्र खहरेघाटको प्रसारण सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २० गते । नेपाली सामाजिक कथावस्तुमा आधारित टेलिचलचित्र ‘खहरेघाट’ को प्रसारण शनिबारबाट सुरु भएको छ ।  रङ्गकर्मी किशोर अनुरागको कथा तथा निर्देशनमा तयार भएको टेलिचलचित्रमा देश भक्त खनाल, विद्या कार्की, किशोर अनुराग, लब शर्मा, इच्छा सिंह, सुबिना श्रेष्ठ, सन्तोष थापा, साक्षीसिंह भण्डारी, सुमन विष्ट, रीता थापा, शशी थापा, दिनेश खड्कालगायतको अभिनय रहेको छ । टेलिचलचित्रको पटकथा तथा मुख्य सहायक निर्देशन इच्छा सिंहले गर्नुभएको छ । 

आनन्द प्रभाकर घिमिरेको छायाङ्कन रहेको टेलिचलचित्रमा समीर मियाको सम्पादन तथा शशीविक्रम थापाको शीर् गीत छ । त्यस्तै आनन्दप्रभाकर घिमिरे र हरि भण्डारी निर्माता रहेको टेलिचलचित्रका कार्यकारी निर्माता निदेश अधिकारी हुनुहुन्छ । टेलिचलचित्रमा उतारिएको ‘खहरेघाट’ २०६३ को नाटक महोत्सवमा पुरस्कृत भएको थियो, जसमा सुकुम्बासी बस्तीको कथा देखाउन खोजिएको छ ।