• १२ कात्तिक २०८२, बुधबार

कुशल भुर्तेलको वरीयता १० स्थान खस्कियो

blog

काठमाडौँ, कात्तिक १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलको आइसीसी एकदिवसीय वरीयता १० स्थान खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा ब्याट्सम्यान कुशल १० स्थान तल झर्दै ९९औँ स्थानमा हुनुहुन्छ । 

यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा नेपालका आसिफ शेख चार स्थान माथि उक्लिनुभएको छ । उहाँ ९१औं स्थानमा हुनुहुन्छ । आरिफ शेखको भने तीन स्थान खस्किएको छ । नयाँ वरीयतामा उहाँ ९४औँ स्थानमा हुनुहुन्छ । 

वरीयताको शीर्षस्थानमा भारतका रोहित शर्मा हुनुहुन्छ । उहाँले नयाँ वरीयतामा दुई स्थान सुधार गर्नुभएको हो । अफगानिस्तानका इब्राहिम जदरान दोस्रो र भा तका शुभमन् गिल दुई स्थान तल झर्दै तेस्रो स्थानमा र पाकिस्तानका बाबर आजम चौथो स्थानमा हुनुहुन्छ । 

यस्तै एकदिवसीय बलिङ वरीयतामा नेपालका ललित राजवंशी ४८औँ (यथा) स्थानमा हुनुहुन्छ । सन्दीप लामिछाने एक स्थान झर्दै ५९औँ स्थानमा हुनुहुन्छ । बलिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी दुई र करण केसी आठ स्थान तल झर्दै क्रमश: ८१औँ र ९०औँ स्थानमा हुनुहुन्छ । 

यस्तै एकदिवसीय अलराउन्डर वरीयतामा नेपालका सोमपाल कामी आठ र सन्दीप लामिछाने एक स्थान तल झर्दै क्रमश: ६१औँ र ६२औँ स्थानमा रहनुभएको छ । ललित राजवंशी भने चार स्थान माथि चढ्दै ७४औँ स्थानमा हुनुहुन्छ । कुशल मल्ल चार स्थान खस्कँदै ७३औँ स्थानमा हुनुहुन्छ ।