काठमाडौँ, कात्तिक १० गते । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड र बार्सिलोनाबिचको भिडन्त ‘एल क्लासिको’मा रियलले बाजी मारेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई २–१ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा रियललाई जिताउन केलियन एमबाप्पेले २२औँ र जुड बेलिङ्घमले ४३औँ मिनेटमा गोल गर्नुभयो ।
बार्सिलोनाका लागि फिर्मिन लोपेजले ३८औँ मिनेटमा गर्नुभएको गोल सान्त्वना बन्यो । ५२औँ मिनेटमा एमबाप्पे पेनाल्टीमा चुक्दा रियलले थप अग्रता बनाउने अवसर गुमायो । खेलको अन्तिममा दुवै टोलीका खेलाडीले रातो कार्ड पाएपछि १०/१० खेलाडीमा खेल सकिएको थियो।
जितसँगै १० खेलबाट २७ अङ्क बनाएको रियल शीर्षस्थानमा थप बलियो बनेको छ । पराजित बार्सिलोना २२ अङ्कसहित दोस्रो स्थानमा छ । अर्को खेलमा रायो भालेकानोले डिर्पोटिभो अलाभेसलाई १–० र सेल्टा भिगोले ओसासुनालाई ३–२ गोलले हरायो । एजेन्सी