शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक ८ गते । थ्री नेसन्स कपमा नेपालको महिला फुटबल टोली इरानसँग पराजित भएको छ ।
भारतको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा शुक्रबार भएको खेलमा नेपाल इरानसँग ३–० गोलले पराजित भयो ।
नेपाललाई हराएसँगै इरानले उपाधि जितेको छ । इरानले पहिलो खेलमा आयोजक भारतलाई २–० गोलले पराजित गरेको थिया ।
प्रतियोगिताको अन्तिम खेलमा सोमबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ ।