• ४ कात्तिक २०८२, मङ्गलबार

स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु

blog

वसन्त पराजुली
नारायणगढ, कात्तिक ४ गते ।
भरतपुर महानगरपालिका–१० स्थित एयरपोट नजिकै सोमबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार राति  २ बजे बा.प्र.०६–००३ प ०६९२ नं.को स्कुटर आफैँ अनियन्त्रित भई पल्टदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी  स्कुटर चालक  भरतपुर म.न.पा.२१ वस्ने वर्ष २५ को संदिप घिमिरे र स्कुटर पछाडी सवार वर्ष २८ को कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको भरतपुर अस्पतालमा  उपचारका क्रममा राति नै निधन भएको हो । उनिहरु दुबै जनाको टाउकोमा गम्भीर चोट थियो ।