शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), कात्तिक ४ गते । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–९ ददल्कामा आगलागी भएको छ । दिपावलीको अवसरमा मैनबत्ती बाल्ने क्रममा स्थानीय ४५ वर्षीया शान्ती परियारको ढुङ्गा–माटोले बनेको गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गगाबहादुर सारुले जानकारी दिनुभयो ।
आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भए पनि मानवीय तथा पशुचौपाया क्षति भएको छैन ।