शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हेर्दाहेर्दै हराएको, याद खोजी रैछु
सलाई कोरी सल्काएको, साथ खोजी रैछु
बाटो बन्छ नागबेली, सोझो रेखा हैन
खोज्दै जाँदा भेटिन्न केही, विन्दुबाहेक छैन ।
रुँदारुँदै हराएको, रात खोजी रैछु
सुनामीले बगाएको, पात खोजी रैछु
माया लाग्छ आफैँलाई, गुमाएको यादको
हुन्न हिसाब साउँ नै मासे, कमाएको ब्याजको ।
हिँड्दाहिँड्दै हराएको, नाम खोजी रैछु
जीवनबाटै अस्ताएको, घाम खोजी रैछु
हेर्दाहेर्दै हराएको, याद खोजी रैछु
सलाई कोरी सल्काएको, साथ खोजी रैछु