• २० वैशाख २०८३, आइतबार

धर्तीमा नै फुलेको छ (कविता)

blog

धर्तीमा नै फुलेको छ, सुन्दर एउटा फूल

दाग लाग्यो फूलमहाँ, पुछ हे युवा हो सब ।।


देश हो पुर्खाको नासो, जोगाऊँ मिलेर सब

सहिदको बग्यो रगत, नखेलौँ रगतमा अब

 

लडे युवा देशका लागि, देशको सान बढाउन 

युवा नै देशको शक्ति, देश सारा बनाउन ।।


अन्धकार हटाउन, जलेका ती दीपहरू 

मुटु हल्छ सधैँभरि, सम्झँदा ती दिनहरू


हटाऊ हे युवा अब, काण्डका ती रङ्गहरू

बचाउन देश यो सारा, उठ सब युवाहरू ।।