• ७ पुस २०८२, सोमबार

जेनजी आन्दोलनको प्रभाव,चालु आर्थिक वर्षको बजेट पुनरवलोकन

blog

बागमती प्रदेशको शुक्रबार बसेको मन्त्रीपरिषद् बैठक ।

मकवानपुर समाचारदाता

मकवानपुर, असोज ४ गते  । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि पुनरवलोकन गर्ने भएको छ । पछिल्लो पटक बदलिएको राजनीतिक घटनाव्रmम र बजेट अभाव हुने अवस्था आएपछि प्रदेश सरकार चालु आवको बजेटमाथि पुनरवलोकन गर्ने निर्णयमा पुगेको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौँडामा शुव्रmबार बसेको मन्त्रीपरिषद् बैठकले चालु आवको बजेट पुनरवलोकन गर्ने निर्णय गरेको छ । 

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले अहिलेको विषम परिस्थितिमा बजेट अभाव हुने देखिएकाले प्रदेश सरकार बजेट पुनरवलोकन गर्ने निर्णयमा पुगेको जानकारी दिनुभयो । उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा चालु आवको बजेट पुनरवलोकनको अध्ययन गर्न मन्त्रीपरिषद् बैठकले सहमति प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “साना योजना र नतिजा नदिने योजना कटौती गर्ने सहमति मन्त्रीपरिषद् बैठकमा बनेको छ । अब दीर्घकालीन महìवको विकास आयोजना ल्याइने छ । यसका लागि बजेट पुनरवलोकन गरेर पुनर्निर्माण गरिने छ ।”

बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । जेनजी प्रदर्शनका व्रmममा क्षतिग्रस्त प्रदेशका मन्त्रालय, निकाय र मातहतका कार्यालयका संरचना तुरुन्तै सञ्चालन गर्ने, प्रदेशको मन्त्रालय, कार्यालयको सम्पूर्ण प्रशासनिक संरचनाको अध्ययन गर्ने, तत्कालै पुनस्र्थापना गर्न समिति गठन गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको मन्त्री तामाङले बताउनुभयो । त्यसै गरी बैठकले प्रदेशको प्रशासनिक पुनर्संरचनाका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्रीको संयोजकत्वमा आर्थिक मामिला तथा योजनामन्त्री, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री, वन तथा वातावरणमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव रहेको छ सदस्यीय समिति गठन गरिएको छ । जेनजी प्रदर्शनका क्रममा प्रदेशका मन्त्रालय, कार्यालय र निकायमा भएको क्षति मूल्याङ्कन गरी पुनर्निर्माण गर्न मन्त्रीपरिषद् बैठकले उच्चस्तरीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको मन्त्री तामाङले बताउनुभयो । 

भौतिक पूर्वाधार विकासमन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन समितिमा आर्थिक मामिला तथा योजनामन्त्री, श्रम, रोजगार तथा यातायातमन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रहनुभएको छ ।

मन्त्री तामाङका अनुसार मन्त्रीपरिषद् बैठकले जेनजीको अभियान र प्रदर्शनका क्रममा घाइते भएकाको प्रदेश सरकारमातहतका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने र प्रदर्शनका क्रममा भएको सार्वजनिक र निजी सम्पत्ति तोडफोडप्रति दुःख व्यक्त गरेको छ  ।

बैठकले जेनजीको अभियान र प्रदर्शनका व्रmममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली, मृतकका परिवारजनमा समवेदना र प्रदर्शनमा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।