• ७ पुस २०८२, सोमबार

जिल्ला स्तरीय पाँचौ स्क्राबल प्रतियोगिता सुरु

blog

सिद्धबाबा माबिमा सञ्चालन गरेको जिल्ला स्तरीय स्क्राबल प्रतियोगिता । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), असोज ३ गते । गुल्मीमा जिल्ला स्तरीय पाँचौ स्क्राबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेले उद्घाटन गर्नुभएको थियो । 

सिद्धबाबा माविले संयोजन गरेको प्रतियोगितामा सात विद्यालयका १४ विद्यार्थीको सहभागीता रहेको छ । १८ वर्षमुनिका एउटा विद्यालयबाट दुई जना विद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउँछन् । प्रतियोगिताता उत्कृष्ट तीन जना हेटौंडामा असोज २९,३० र ३१ हुने राष्ट्रिय स्काबल प्रतियोगितामा सहभागी हुन पाउने सिद्धबाबा माविका शिक्षण टीका खड्काले जानकारी दिनुभयो । 

गत वर्ष गुल्मीबाट आठ जना राष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगिताका माध्यमबाट विद्यार्थीमा शब्दभण्डार बढ्ने, नयाँ ठाउँको परिवेश चिन्ने र अवलोकन भ्रमण गर्ने अवसर हुने, संस्कृतिक, भाषा, रहनसहनका विषयमा नजिकबाट जान्ने अवसर प्रदान हुने बताइएको छ । सिकाइले मात्र सर्वाङ्गीण विकास सम्भव नहुने भएकाले स्वयंसेवी भावनाका साथ स्क्राबललाई अगाडी बढाइएको आयोजकले जनाएको छ ।