काठमाडौँ, असोज १ गते। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आयोजनामा गत २३ र २४ गते भएको भ्रष्टाचार विरूद्वको आन्दोलनका क्रममा दिवंगत भएकाको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
विभिन्न संस्थामा कार्यरत सञ्चारकर्मी बुधबार साँझ ५:३० बजे माइतीघरमा भेला भएर दीप प्रज्वलन गरेका हुन्।
दीप प्रज्वलनमा नेपाल पत्रकार महासंघमा उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षलगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
प्रदेश अध्यक्ष टेनिस रोकाले प्रदेश समिति शान्ति, संविधान, लोकतन्त्र, विकास र समृद्वि तथा भ्रष्टचार विरूद्वको अभियानको पक्ष जहिले पनि रहेको र भ्रष्टाचार विरूद्वको आन्दोलनका क्रममा ७० भन्दा बढी नागरिकको निधन भएकोमा उनीहरूको सम्झनामा दिप प्रज्वलन गरिएको बताउनुभयो।
कार्यक्रमको सुरूमा एक मिनेट मौन धारण गरिएको थियो। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका पत्रकार तथा नेपाली नागरिकको स्वास्थ्यलाभको कामना गरिएको छ।