• १ असोज २०८२, बुधबार

एन्फालाई एएफसीको १० हजार डलर जरिवाना

blog

काठमाडौँ, असोज १ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एसियाली फुटबल महासङ्घ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपियाँ) जरिवाना गरेको छ ।

एएफसीले एएफसी फुटसल कप–२०२६ को छनोटमा भाग नलिएपछि एन्फालाई यस्तो कारबाही गरेको हो । एन्फाले छनोट खेल हुनु साँढे तीन महिना अघिमात्र नाम फिर्ता लिएको थियो । 

एएफसीको अनुशासन र आचारसंहिता कमिटीको वैठकले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो । एन्फाले उक्त जरिवाना रकम ३० दिन भित्र बुझाउनु पर्नेछ । 

एएफसी जरिवानासँगै नेपाललाई यसै फुटसल प्रतियोगिताको अर्को संस्करणमा समेत भाग लिन नपाउने कारबाहीसमेत गरेको छ ।