• ८ पुस २०८२, मङ्गलबार

गुल्मीमा कालीगण्डकी करिडोरसहित विभिन्न सडक अवरुद्ध

blog

रमेश विश्कर्मा
गुल्मी, असोज १ गते ।
गुल्मीमा कालिगण्डकी करिडोरसहित विभिन्न चार सडक अवरुद्ध भएका छन् । वर्षाका करण यस जिल्लाका विभिन्न चार सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार बिहानदेखि कालिगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय छ । कालीगण्डकी गाउँपालिका वडा नम्बर– २ राक्सेमा पहिरो खस्दा यहाँको सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

मदन भण्डारी सडक मार्गअन्तर्गत रिडी–तम्घास सडक पनि बिहानैदेखि अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–३ सल्लेरीमा पहिरो खस्दा यो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, रुद्रवेणी–वामी सडक खण्ड पनि अवरुद्ध भएको छ । सत्यवती गाउँपालिका वडा नम्बर–४ भिरमा पहिरो खस्दा यो सडक अवरुद्ध भएको हो ।

यहि गाउँपालिकाको वडा नम्बर–६, अन्तर्गतको रिडी–वामी सडक खण्डमा पर्ने डहरे खोलामा पानीको बहाव बढ्दै गएको हुँदा बिहानैदेखि सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउनका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुलमीले जनाएको छ ।