• ८ पुस २०८२, मङ्गलबार

नख्खु र झुम्का कारागारबाट फरार कैदी पाँचथरमा पक्राउ

blog

राधा लुइटेल
फिदिम, असोज १ गते ।
जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका चार जना कैदी पाँचथरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर तुम्बेवा ५ मौवाका ४० वर्षीय गोपाल बोहोरा, फिदिम नगरपालिका ५ का ३० वर्षीय मंगलसिंह तुम्वापो र फिदिम नगरपालिका १ का ३६ वर्षीय चन्द्र भनिने विनय नेम्वाङ र पाँचथर कुम्मायक १ निवासी ४५ वर्षीय घनेन्द्र ताामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक कौशल बुढाथोकीले बताउनुभयो ।

बुढाथोकीका अनुसार पक्राउ परेकामध्ये फिदिम १ का चन्द्र भनिने विनय नेम्वाङ  काठमाडौँस्थित नख्खु कारागारबाट भागेका हुन् भने तीन जना सुनसरीको झुम्का कारागारबाट भागेका हुन् ।

भदौ २४ गते जेनजी समूहले गरेको आन्दोलन तीव्र बन्दै गएपछि विभिन्न कारागारका कैदीहरु फरार भएका थिए । तीमध्ये चार जनालाई पाँचथर प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।