• २८ भदौ २०८२, शनिबार

एसिया कप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात

blog

जितपछि पाकिस्तानका खेलाडी । तस्बिर : एपी

काठमाडौँ, भदौ २८ गते । पाकिस्तानले एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईमा जारी प्रतियोगितामा शुक्रबार राति भएको खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले हरायो । 

जितका लागि एक सय ६१ रनको लक्ष्इ पछ्याएको ओमान १६.४ ओभरमा सबै विकेटको क्षतिमा ६७ रनमा समेटिएको थियो । ओमानका लागि हम्माद मिर्जाले २७ रन बनाउनुभयो । अमिर कलिमले १३ र शकिल अहमेदले १० रन बनाउनुभयो । 

पाकिस्तानका लागि साइम अयुब, सफियान मुकिम र उसामा मिरले दुई दुई विकेट लिनुभयो । सहेन शाह अफ्रिदी, अबरर अहमेद र मोहमद नवाजले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हारिसले ६६ रन बनाउनुभयो । सहिबजादा फरहानले २९, फकहर जमनले २३ र मोहमद नवाजले १९ रन बनाउनुभयो । 

बलिङमा ओमानका आमिर कलीम र शाह फैसलले तीन तीन विकेट लिनुभयो । मोहमद नदिमले एक विकेट झार्नुभयो । पाकिस्तानले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।