• २६ भदौ २०८२, बिहिबार

जेएनजेको आन्दोलनमा झापामा दुई जनाको मृत्यु

blog

फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, भदौ २६ गते।  झापामा जेएनजेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको हो।  बिहीबार घाइते एक जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको संख्या दुई पुगेको हो।  

इलाका प्रहरी कार्यालय विर्तामोड परिसरमा भएको झडपमा परेर घाइते बन्नुभएका पाँचथर घर भएर विर्तामोड १० मा बसोबास गर्दै आउनुभएका ३५ वर्षीय कमल भण्डारीको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।  उहाँलाई गोली लागेको थियो। 

यसअघि अर्जुनधारा ८ का २८ वर्षका गोपाल सेढाईंको उपचारको क्रममा बिएण्डसी अस्पतालमा नै मृत्यु भएको थियो।