प्रदिप पन्त
बागलुङ, भदौ २६ गते । बागलुङको तमानखोला गाउँपालिमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राती तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानीमा चट्याङ लागेर स्थानीय ७१ वर्षीया मनकली वि.क.को मृत्यु भएको र अन्य ३५ जना घाइते भएको वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो ।
चट्याङ लागेर आफनो बायाँ खुट्टामा चोट लागि घाइते समेत बनेको उहाँले बताउनुभयो । घाइतेको स्थानीय नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपचार भईरहेको छ । छन्त्यालले भन्नुभयो, “चट्याङकै कारण नर्जाखानी गाउँका ६० घरमा क्षेती पुगेको छ । त्यहाँ रहेका बरागोस र पाल्ले खानीखोला लघु जलविद्युत्त पूर्ण रुपमा क्षेती पुगेको छ । अहिले त्यस क्षेत्रमा विद्युत्त अवरुद्ध भएको छ ।”
यसैगरि जैमिनी नगरपालिका छिस्ती ८ अर्खलाबोटस्थित बलबहादुर नेपालीको घरमा चटयाङ पर्दा तीन जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।