काठमाडौँ, भदौ २६ गते । मैत्रीपूर्ण खेलका लागि नेपाल आएको बङ्गलादेश टोली बिहीबार स्वदेश फर्किएको छ ।
बङ्गलादेश टोली सेनाको विमानमार्फत ढाका गएको हो । जेन–जी आन्दोलनका कारण मङ्गलबारका लागि तय भएको दोस्रो मैत्रीपूर्ण खेल स्थगित भएको थियो ।
मङ्गलबार साँझ नै बङ्गलादेश जान लागेको टोली आन्दोलपछि सिर्जित असहज परिस्थितीका कारण दुई दिनपछि स्वदेश फर्किएको हो ।
दशरथ रङ्गशालामा शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।