• २६ भदौ २०८२, बिहिबार

ट्राफिक कार्यालय जलेश्वरमा आगजनी

blog

आगजनीबाट क्षतिग्रस्त जलेश्वर स्थित ट्राफिक प्रहरी कार्यालय । तस्बिर : महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, भदौ २६ गते । महोत्तरीको जलेश्वरस्थित ट्राफिक प्रहरी चौकीमा आगजनी भएको छ ।

जलेश्वरस्थित बस स्टैण्ड नजिकै रहेको ट्राफिक कार्यालय जलेश्वरमा अज्ञात व्यक्तिहरुको समुहले आगजनि गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक हेरम्ब शर्माले बताउनु भएको छ । 

बिहिबार दिउँसो १ः३० वजेको समयमा केहि संख्यामा आएको समूहले पेट्रोल छर्केर आगजनि गरेको प्रहरी उपरिक्षक शर्माले बताउनुभयो । आगजनीबाट एक थान कम्प्युटर र कार्यालयका कुर्सी टेवल डढेर खरानी भएको उहाँले बताउनुभयो । 

घटनाको खवर पाए लगतै पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलिले आगलागि नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको प्रहरी उपरिक्षक शर्माले बताउनुभयो । 

आगजनी गर्ने समूहको खोजि कार्य तिव्र पारिएको र सिसिटिभी फुटेज लगायतको कोणबाट घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।