• २४ भदौ २०८२, मङ्गलबार

सम्पूर्ण उद्योगधन्दा र कलकारखाना बन्द गर्न निर्देशन

blog

बोमलाल गिरी
नवलपुर, भदौ २४ गते ।
उद्योगा वाणिज्य संघ नवलपुरले जिल्लाका सम्पूर्ण उद्योगधन्दा, कलकारखाना र पेशा व्यवशाय बन्द गर्न सम्पूर्ण मातहतका व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

नवलपुर उद्योगा वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल र मध्यविन्दु उद्योण वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठले संयुक्त विज्ञप्ति निकालेर जेन जीहरुको आन्दोलनमाथि भएको दमनको विरोधमा सम्पूर्ण उद्योगधन्दा, कलकारखाना र पसलहरु एक दिनका लागि बन्द गर्न निर्देशन दिनुभएको हो ।

विज्ञप्तिमा उद्योगधन्दा र कलकारखाना बन्द गरी शोक प्रकट गर्न र मङ्गलबार साँझा जिल्लाका मुख्य बजार क्षेत्रहरुमा दीप प्रज्वलन गरी शोक एवं श्रद्धान्जली अर्पण गर्न भनिएको छ । संघले यस विषम परिस्थितीमा सबै पक्ष संयमित र धैर्यवान रही सामाजिक सदभाव, शान्ति र सहिष्णुता कायम गर्न पनि आग्रह गरेका छन् ।

जेनजीहरुले सामाजिक सञ्जाल खुल्ला गर्ने र भ्रष्टाचार नियन्त्रण तथा सुशासनको मागसहित भएको आन्दोलनका क्रममा देशका विभन्न स्थानमा युवा विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीको गोली लागि १९ जनाको निधन भएको थियो भने सयौं घाइते भएका छन् ।