काठमाडौँ, भदौ १९ गते । नेपाल एएफसी यु–२३ एसियन कप छनोट खेलमा घरेलु टोली ताजकिस्तानसँग पराजित भएको छ ।
ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा बुधबार राति भएको खेलमा नेपाल ताजिकस्तिानसँग ४–० गोलले पराजित भयो । पहिलो हाफमा एक गोल गरेको ताजकिस्तानले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो ।
ताजकिस्तानको जितमा अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्शोह रमात्जोदा र देलर शारिपोभले एक एक गोल गर्नुभयो । खेलभर ताजकिस्तानको दबाब झलेको नेपालले गोल फर्काउने योजना सफल भएन ।
समूह ‘के’ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल शनिबार सिरियासँग खेल्नेछ । चार टोली सहभागL छनोटमा सिरियासँग पराजित भएका नेपालको छनोट सम्भावना सकिनेछ । सिरियापछि नेपालले सेप्टेम्बर ९ तारिख फिलिपिन्ससँग खेल्नेछ ।
सिङ्गल राउन्ड रोविन सलगका आधारमा खेलाइने खेलपछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपमा स्थान बनाउनेछ ।