• ११ पुस २०८२, शुक्रबार

सूचीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

blog

सांकेतिक तस्बिर

काठमाडौँ, भदौ १९ गते । सूचीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द हुने भएका छन् । मन्त्रिपरिषद् बैठकले सात दिनका लागि दिएको समयमा सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले सूचीकरणका लागि सम्पर्कमा नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

मन्त्री गुरुङ, मन्त्रालयका अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि यो निर्णय सार्वजनिक भएको हो । 


सञ्चार मन्त्रालयले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलना सम्बन्धी मुद्दामा सामाजिक सञ्जाल सूचीकरणका लागि नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो । उक्त आदेश अनुसार भदौ ९ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार  सूचीकरणका लागि अनुरोध गर्दै सञ्चारमन्त्रालयले भदौ १२ गते सूचना सार्वजनिक गरेको थियो । सूचना अनुसार तोकिएको समयमा सूचीकरणमा नगरेका सामाजिक सञ्जाललाई बन्द गर्न मन्त्रालयले बिहीबार दूरसञ्चार प्राधिकरणलाई दिर्नेशन दिएको हो । मन्त्रालयले सूचीकरण भए पुनः सक्रिय गराउनसमेत निर्देशन दिएको छ । 

बन्द हुने सामाजिक सञ्जाल

फेसबुक

म्यासेन्जर

इन्स्टाग्राम

युट्युब

ह्वाट्सएप

ट्वीटर (एक्स)

लिंक्डइन

स्न्यापच्याट

रेडिट

डिस्कर्ड

पिन्ट्रेस्ट

सिग्नल

थ्रेड्स

वीच्याट

कोरा

टम्बलर

क्लब हाउस

मास्टोडन

रम्बल

मिवी

भिके

लाइन

इमो

जालो

सोल

हाम्रो पात्रो