• १६ भदौ २०८२, सोमबार

‘आदर्श पहाड’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १६ गते । युवा साहित्यकार शम्भु राईको कवितासङ्ग्रह ‘आदर्श पहाड’ को राजधानीमा सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठाका कुलपति भूपाल राई, प्राज्ञ श्रवण मुकारुङ तथा कविका आफन्तले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।

कुलपति राईले सङ्ग्रहमा समेटिएका कवितामा पहाडका जनजीवन र सौन्दर्यचेत भेटिने बताउनुभयो ।

प्राज्ञ श्रवण मुकारुङले करिब ४० दशकको आफ्नो कविता यात्रा र नेपाली कविको प्रवृत्तिबारे व्याख्या गर्दै पुस्तकमा समेटिएका कविता विचार र शिल्पले खारिएको टिप्पणी गर्नुभयो ।

भाषाविद् एवं समालोचक उपप्राध्यापक डा. तारामणि राईले कवितामा आदिवासी ज्ञान र सिपलाई निकै महत्वका साथ प्रस्तुत गरिएको छ । कवि तथा अनुवादक रिमा केसीले परदेशमा रहेर लेखिएका कवितामा आफ्नो माटो, गाउँ र ठाउँप्रतिको सुगन्ध भेटिने बताउनुभयो ।