• ८ भदौ २०८२, आइतबार

नेवार समुदायको बौद्ध आस्थाको महोत्सव टुंगियो

blog

गुंला पर्वमा बाजागाजाका साथ स्वयम्भू महाचैत्य परिक्रमा गर्दै । तबिरः मनोजरत्न शाही

काडमाडौँ, भदौ ८ गते । बौद्ध धर्मावलम्बीहरुले विशेष गरी मनाउने गुंला पर्व आइतबारबाट सकिएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व आजबाट सकिएको हो ।

गुंलाको गुंलाथ्व पारुदेखि ११ औं महिना यँलाको यँलाथ्व पारुसम्म चल्ने यस पर्वलाई नेवाः समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्त्वका साथ मनाउने गर्दछन् । नेपाल संवत् तिथि अनुसार एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसङ्गीति पाठ गरी यो पर्व मनाइन्छ ।

विशेषगरी काठमाडौँका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य लगायतका बुद्ध चैत्यहरुमा परिक्रमा गर्छन् । प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाउने गरिएको पाइन्छ । यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजालगायतको विशेष महत्त्व रहेको पाइन्छ ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।