काठमाडौं, साउन २५ गते। कीर्तिपुरमा नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन्। नेवाः समुदायले मृत्यु भएका आफन्तको स्वर्गमा बास होस् वा पितृको यमलोकमा बास होस् भन्दै गाईजात्रा निकाल्ने परम्परा छ। कीर्तिपुरमा भने यो जात्रा अलि फरक ढंगले मनाउने चलन छ। कीर्तिपुरमा निश्चित ठाउँमा जम्मा भएर नाच प्रस्तुत गर्ने गरिन्छ। यो नाचलाई नेपाल भाषामा ‘ध्यँध्यँ पापा’ भनिन्छ।
यो प्रस्तुति करिब दुई सय वर्ष अगाडिदेखि प्रचलनमा छ। नेवार समुदायमा यसलाई पुरानो संस्कृति मानिन्छ। नेपाल भाषाको ‘ध्यँध्यँ पापा’ को अर्थ ‘छिनाल छिनाल, काट् काट्’ भनिएको हो।