• २६ साउन २०८२, सोमबार

उत्तर कोरियासँग फराकिलो हारसँगै नेपालको यु–२० एसियन कप सम्भावना सकियो

blog

नेपालविरुद्ध गोल गरेपछि उत्तर कोरियाका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, साउन २५ गते । नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो ।

जित्नै पर्ने खेलमा नेपालले लज्जास्पद हार खेप्यो । एकपक्षीय खेलमा उत्तर कोरियाले पहिलो हाफमा पाँच र दोस्रो हाफमा ६ गोल गरेको थियो । जितसँगै उत्तर कोरियाले तीन खेलबाट नौ अङ्क जोड्दै सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपकाे ढोका खोलेको छ । दक्षिण कोरियाले समूहको पहिलो खेलमा 

साउदी अरेबियालाई १५–० र दोस्रो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । नेपालले मान खेलमा चार अङ्क बनायो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो ।

दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हराएको थियो । सिङ्गल राउन्ड रोविन लिगका आधारमा सञ्चालित छनोट खेलमा शीर्ष टोली छनोट हुने प्रावधान थियो ।