• २४ साउन २०८२, शनिबार

‘चिकित्सा शिक्षा आयोगलाई पुनसंरचना गरेर लैजानुपर्छ’

blog

काठमाडौँ, साउन २४ गते । चिकित्सा शिक्षा आयोगलाई पुर्नसंरचना गरेर लैजानुपर्नेमा विज्ञले जोड दिशएका छन् ।  

स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा गरेको ‘नेपाल चिकित्सा शिक्षा: अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा विज्ञले आयोगलाई  परिमार्जन गरेर लैजानुपर्नेमा जोड दिएका हुन् ।  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जनशक्ति र गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै चिकित्सा शिक्षा आयोगलाई पुनरावलोकन गर्ने तयारी गरिएको बताउनुभयो । 

उहाँले नेपाल मेडिकल काउन्सिलको लाइसेन्सका फेल भएका विद्यार्थीलाई पढेको आधारमा काम गर्न दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले प्रक्रिया पूरा गरेका नर्सिङ कलेजलाई स्वीकृत प्रदान गरेर नर्सिङ कलेजलाई व्यापक रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

उहाँले  सरकारले मेडिकल कलेजलाई सम्बन्धनमात्र दिने तर अनुगमन नगरेको गुनासो गर्नुभयो । उहाँले समितिले देशभरिका स्वास्थ्य संस्थाको अनुगमन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विज्ञको साथ लिएर प्रत्येक स्वास्थ्य अवस्थामा जाने र त्यहाँको अवस्था र समस्या के छ भनेर तयार गरिरहेका छौ ।  त्यो प्रतिवेदन संसदमा पेस गर्दछौँ।”  

उहाँले नीजि र सरकारी मेडिकल कलेजलाई एउटै डालोमा राख्न नहुने भन्दै सरकारी मेडिकल कलेज नाफारहित र नीजि मेडिकल कलेज नाफा हुनुपर्नेमा जोड दिनुभयो ।

मेडिकल काउन्सिलबाट लिइने लाइसेन्स परीक्षामा सबैभन्दा उत्कृष्ट हुने विद्यार्थी नेपालमा नै पढेको हुने  उहाँको भनाइ रहेको छ । “मेडिकल क्षेत्रमा नेपाल अब्बल रहेको छ । चीन, भारत र बङ्गलादेश पढेका चिकित्सक लाइसेन्समा फेल हुन्छन । नेपालमा पढेका पास हुन्छन्,” उहाँले भन्नुभयो । 

प्रतिनिधि सभा सदस्य लिलादेवी लिम्बूले चिकित्सा शिक्षामा भएका विकृति सुधार गर्न सक्यो भने गुणस्तरिय शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । प्रतिनिधि सभा सदस्य प्राडा. चन्दा कार्कीले स्वास्थ्य प्रणालीले देशको कस्तो छ भनेर देखाउने भन्दै क्षेत्रिय समानताका आधारमा मेडिकल कलेज खोल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “मेडिकल कलेजले भौतिक पूर्वाधारमा एकदमै राम्रो छ । पाठ्यक्रम र शिक्षकमा अझै सुधार गर्नुपर्दछ।”  उहाँले नीजि मेडिकल कलेजलाई मात्र नभई सरकारी मेडिकल कलेजलाई पनि नियमन गर्नुपर्ने तर्क राख्नुभयो । 

प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारी लगानी कति प्रभावकारी भयो भनेर समीक्षा गर्नुपर्ने भन्दै नेपालका चिकित्सा शिक्षामा अबको बाटो के हो भनेर साझा धारणा तय गर्नुपर्ने बताउनुभयो । 

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.चोपलाल भूसालले आयोगलाई पुनसंरचना गर्नुपर्ने भन्दै चिकित्सा शिक्षाको हव बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। काठमाडौँ विश्वविद्यालयका प्राडा. मनोज हुमागाई चिकित्सा शिक्षा आयोगले सिट सङ्ख्या र शुल्क तोक्ने आधार स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयले नै चिकित्सा शिक्षाको प्रवेश परीक्षा पुनः पाउनुपर्ने बताउनुभयो । 

चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा. सुजनबाबु मरहठ्ठा चिकित्सा शिक्षा आयोगको वर्तमान अवस्था र भाबी कार्ययोजनाबारे कार्यपत्र प्रस्तुत गर्दै चिकित्सा शिक्षालाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगको ध्यान रहेको बताउनुभयो । 

आयोगका निर्देशक प्राडा. मरहठ्ठा आयोगद्धारा सञ्चालित कार्यक्रममा गुणस्तरीय सुनिश्चिताका लागि मापदण्ड बनाउने तयारी भइरहेको बताउनुभयो । 

उहाँले आयोगले सबै विश्वविद्यालयलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि नयाँ पाठ्यक्रमको मापदण्ड र परीक्षालाई कसरी व्यवस्थित बनाउने भन्ने काम अगाडि बढाएको बताउनुभयो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोधकुमार शर्माले काउन्सिलको परीक्षामा नजिता खस्केको खस्के भन्दै चिकित्सा शिक्षामा गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा. भूपेन्द्र बस्नेतले स्वास्थ्य शिक्षामा फड्को मारेको भन्दै भन्नुभयो, “ नेपालमा चिकित्सा जनशक्ति सङ्ख्यात्मक रूपमा पुग्दो मात्रामा रहेको छ । गतबर्ष मात्र सरकारका तीन वटा मेडिकल कलेज आएका छन् ।  अब हामी चिकित्सा सिट सङ्ख्या पुग्यो । गुणस्तरमा ध्यान दिनुपर्दछ ।” 

नीजि मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की नेपालका चिकित्सा शिक्षा सङ्काय कमि रहेको भन्दै चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयबिच तालमेल हुनपर्ने बताउनुभयो । 

नीजि मेडिकल तथा डेन्टल कलेज अफ एसोसिएसनका उपाध्यक्ष डा.बुद्धिमान श्रेष्ठले नीजि क्षेत्र आफूलाई कमाउनेमात्र नभएर सेवा गर्ने भावनाका साथ लगानी गरेको बताउनुभयो । उहाँले चिकित्सा क्षेत्रमा नीजि क्षेत्रल गरेको लगानीलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

नीजि मेडिकल तथा डेन्टल कलेज अफ एसोसिएसनका कोषाध्यक्ष शान्तराज वतासले भारतमा नेपालको प्रणालीअनुसार पास भएका पाँच हजार विद्यार्थीलाई नेपालमा ल्याउन सके आन्तरिक आर्थिक उपार्जन सहित चिकित्सा पर्यटन फस्टाउने बताउनुभयो । 

“भौतिक पूर्वाधर भारतभन्दा नेपाल राम्रो छ । नेपाल सुरक्षित पनि छ । यहाँ काम गरिरहेका विद्यार्थी बाहिर देशमा काम गरिरहेका छन्” उहाँले भन्नुभयो,