शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
देवराम यादव
सप्तरी, साउन ८ गते । जिल्लाका अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । लामो समयदेखि सप्तरीमा खडेरी लागेपछि सर्पको विगविगी बढे छ ।
मोहनपुरमा बुधबार राति सर्पदंशबाट ५० वर्षीया संगिता राईको मृत्यु भएको हो । बुधबार राति ९ बजे विषालु सर्पको डसाइबाट गम्भीर घाइते राईलाई तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको स्थानीयले बताएका छन् ।
राईको उपचारको क्रममा राति १२ बजे चिकित्सकहरुले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँले स्वर्गीय राईको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी घरतर्फ ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।