• ८ साउन २०८२, बिहिबार

घण्टाकर्ण दहन

blog

दत्तात्रय परिसरमा घण्टाकर्ण दहन गरिदै । तस्बिरः मनोजरत्न शाही

घण्टाकर्ण चर्तुदशीका दिन उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व (गथांमुगः चःह्रे) मनाउने प्रचलन छ । साउन कृष्ण चर्तुदशीका दिन मनाउने यो पर्वमा नरकठ वा पराल छ्वाली ले बनाइएको घण्टाकर्णलाई खोला सेलाउने वा दहन गरी मनाउने गर्दछ ।

यसै दिन भक्तपुरको दत्तात्रयका नेवार समुदायले पनि गठेमंगल पर्व (गथांमुगः चःह्रे) राक्षस दहन गरी मनाएको छ ।  धान रोपेर सकिएपछि घरभित्रका दूषित किटाणु भगाउन धुप बालेर धुवाँ पठाउने पनि गरिन्छ ।  गठेमंगललाई घण्टाकर्ण पर्व र भूत भगाउने पर्व पनि भनिन्छ । 























Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।