• १९ असार २०८२, बिहिबार

गृहमन्त्री लेखकसमक्ष बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे ‘ब्रिफिङ’

blog

गृहमन्त्री रमेश लेखक । फाइल तस्बिर ।

बैतडी, असार १९ गते । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिनुभएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएसँगै गृहमन्त्री लेखकले जिल्लास्थित सम्बद्ध अधिकारीलाई आवश्यक निर्देशनसमेत दिनुभयो ।

गृहमन्त्री लेखकलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा जानकारी गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “गृहमन्त्रीलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा ‘ब्रिफिङ’ गरेका छाैं । उहाँले विपद् पूर्वतयारी तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ, सोहीअनुसार तदारुकताका साथ काम हुन्छ ।” 

गृहमन्त्री लेखक तीन दिने भ्रमणका लागि बुधबार बैतडी आउनुभएको हो । जन्मघर बैतडी रहेको गृहमन्त्री लेखकको यहाँ रहँदा पारिवारिक एवं  राजनीतिक भेटघाटका साथै प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । रासस