काठमाडौँ, असार १८ गते । युके पठाइदिने भन्दै एक करोड बिस लाख चवालिस हजार रुपियाँ ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका २५ का ४० वर्षीय प्रभाष रिसाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनले पीडितलाई युके पठाइदिने भन्दै एक करोड बिस लाख चवालिस हजार रुपियाँ ठगी गरेपछि उनलाई प्रहरीले पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो ।