• २१ जेठ २०८२, बुधबार

नुनथरमा प्रदेशस्तरीय विपद् प्रतिकार्य अभ्यास (फोटो फिचर)

blog

सर्लाही र रौतहटको सीमास्थित बागमती नदीको नुनथरमा सोमबार मधेश प्रदेशस्तरीय विपद् प्रतिकार्य अभ्यास गरिँदै ।

जनार्जन खत्री

सर्लाही, जेठ १९ गते । सर्लाही र रौतहटको सीमास्थित बागमती नदीको नुनथरमा सोमबार मधेश प्रदेशस्तरीय विपद् प्रतिकार्य अभ्यास गरिएको छ । नेपाली सेनाको महोत्तरीको बर्दीवासस्थित मध्य पूर्वी पृतनाको अगुवाईमा प्रदेशस्तरीय विपद् प्रतिकार्य अभ्यास गरिएको हो । 


बाढी, डुबान तथा आगलागीको समयमा गरिने उद्धारको अभ्यास देखाइएको सर्लाहीस्थित नेपाली सेनाको कालिध्वज गणका गणपति एवं प्रमुख सेनानी गोविन्द विष्टले जानकारी दिनुभयो । 


नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरूपमा गरेको विपद् प्रतिकार्य अभ्यासको मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी लगायतले निरीक्षण गर्नुभएको छ । 

कार्यक्रममा मधेश प्रदेशको विभिन्न मन्त्रालयका सचिव तथा सहसचिव, सर्लाही र रौतहटका सुरक्षा अधिकारी, नेपाली सेनाको विभिन्न बाहिनी तथा गणका अधिकारी लगायत सहभागी भएका थिए ।