• १ जेठ २०८२, बिहिबार

नयाँबस्ती ‘सी’ डिभिजनमा घटुवा

blog

नयाँबस्तीका खेलाडी ।

काठमाडौँ, जेठ १ गते । नयाँबस्ती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट ‘सी’ डिभिजनमा घटुवा भएको छ ।

‘बी’ डिभिजन लिगअन्तर्गत एन्फा मैदानमा बिहीबार भएको खेलमा मध्यपुर युथ एसोसिएसन र श्री भगवती क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेपछि नयाँबस्ती दुई खेल अगावै रेलिगेसनमा परेको हो । 

११ खेलबाट पाँच अङ्क बनाएको नयाँबस्ती तालिकाको अन्तिममा रह्यो । १२ खेलबाट १२ अङ्क बनाएको मध्यपुर ११औँ स्थानमा छ । अब बाँकी रहेका दुवै खेल जिते पनि नयाँबस्तीले ११औँ स्थानमा रहेको मध्यपुरलाई भेट्ने छैन ।

मध्यपुरले १२ खेलबबाट १२ अङ्क जोडेको छ । मध्यपुरसँग अङ्क बाँडेको श्री भगवती २३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । श्री भगवती ‘ए’ मा बढ्वा हुने तरखरमा छ ।

यसअघि प्लानिङ ब्वाइज युनाइटेड शीर्ष डिभिजनमा स्थान बनाई सकेको छ । अब रेलिगेसन हुले एक टोलीको लडाईमा टुसाल युथ क्लब, मध्यपुर युथ, ब्रिगेड ब्वाइज र श्री कुमारी क्लब रहेका छन् ।