• १ जेठ २०८२, बिहिबार

कानुन अनुसारको काम गर्न प्रहरी महानिरीक्षक थापाको निर्देशन

blog

भवन उद्घाटन गर्नुहुँदै प्रहरी महानिरीक्षक दीपक थापा ।

सन्तोष सुवेदी

पाख्रीबास, जेष्ठ १ गते। प्रहरी महानिरीक्षक दीपक थापाले कानुनले दिए अनुसारको काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ। बिहीबार नवनिर्मित भवनको उद्घाटन गर्न धनकुटामा आइपुग्नु भएका प्रहरी महानिरीक्षक थापाले यस्तो निर्देशन दिनुभएको हो।

धनकुटा नगरपालिका–६ मा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको नविनिर्मित कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। 

नवनिर्मित भवनको लागत अनुमान १२ करोड ७२ लाख ९० हजार ५९ रुपियाँ गरिएको थियो। करिब ५ रोपनी १४ आना चार पैसामा क्षेत्रफलमा निर्माण गरिएको भवन करसहित नौ करोड ९९ लाख ८७ हजार तीन सय ६५ रुपियाँ ६५ पैसामा निर्माण सम्पन्न भएको हो। 

भवनमा २२ वटा कोठा रहेका छन्। व्यारेक भवनमा १४, कार्यालय प्रमुख निवासमा ६  र आवासमा १० वटा कोठा  छन्।

कार्यक्रममा बोल्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी टुपराज पाख्रेल, जिल्ला समन्व समिति प्रमुख निरन तामाङले सम्बोधन गर्नुभयो। कार्यक्रममा धनकुटा नगरपालिका–४ स्थित सल्लेरीमा रहेको श्रीपञ्चमी पार्कमा रहेका अनाथ बालबालिकालाई शैक्षिक समाग्री समेत वितरण गरिएको छ। कार्यक्रममा जग्गा दातालाई कदर पत्र र उत्कृष्ट प्रहरी कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ।