काठमाडौँ, वैशाख ३१ गते । नेपालको चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नयाँ पाठ्यक्रम लागु गरिने भएको छ । चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई अझ सान्दर्भिक तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले नेपालमा नयाँ पाठ्यक्रम लागु गरिन लागेको हो ।
लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले आइसिउइडब्लुसँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम विकास गरेको हो ।
यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि व्रmमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागु गरिने भएको छ ।
चार्टर्ड एकाउन्टेन्सी शिक्षाको नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय आइएफएसीबाट जारी भएको अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड अनुरूप विकास गरिएको आइक्यानले जनाएको छ ।