• ३० वैशाख २०८२, मङ्गलबार

रारा गोल्ड कपको सुरु विजयी टिमले सात लाख पाउने

blog

उद्घाटन खेलमा बल हस्तान्तरण गर्नुहुँदै चौबिसे गाउँपालिका प्रमुख राजकुमार चेम्जोङ । तस्बिर: गाेरखापत्र

कविराज घिमिरे

हिले, वैशाख ३० गते । १२ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिता धनकुटाको राजारानीमा सुरु भएको छ । रारा फुटबल क्लब आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीको गोल्डेन स्टार फुटबल क्लबले विजयी सुरुवात गरेको छ । 

गोल्डेन स्टारले आयोजक रारा फुटबल क्लबलाई ४–० गोलले पराजित गरेको हो । सोमबार सम्पन्न खेलमा गोल्डेल स्टारले पहिलो हाफको इन्जुरी समयमा हेमन लिम्बूको गोलबाट अग्रता लिएको थियो। त्यसपछि खेलको ६२ मिनेटमा अभिषेक गुरुङले, ८५ औँ मिनेटमा उमेश कार्कीले र ८१ औँ मिनेटमा निवास फुयालले गोल गर्नुभएको थियो ।

खेलको म्यान अफ द म्याच गोल्डेन स्टारका हेमन लिम्बूले घोषित हुनुभयो। उहाँले नगद ७ हजार ५ सय पुरस्कार पाउनु भएको छ । प्रतियोगिताको दोस्रो खेल मङ्गलवार दिउँसो एलएक्स सिटी फुटबल क्लब मोरङ र डाँडा बजार फुटबल क्लब धनकुटा हुने आयोजकले जनाएको छ ।

आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो । गत वर्ष भएको ११ औँ संस्करणमा विजेतालाई ५ लाख र उपविजेतालाई २ लाख ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।