• ३० वैशाख २०८२, मङ्गलबार

प्रसाईंको ‘कस्तो छ तिमीलाई’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३० गते । जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ को लोकार्पण गरिएको छ । नेपालयले आफ्नै प्राङ्गण आरशाला, कालिकास्थानमा आयोजना गरेको दुईदिने पुस्तक मेलाको आरम्भ प्रसाईंको पुस्तक लोकार्पणबाट भएको थियो । मानिसको भागदौड, आपाधापी, हस्याङफस्याङ, निराशा, एक्लोपन, उदासी धेरै देखेकाले आफूले नयाँ पुस्तक लेखेको लेखक प्रसाईंले बताउनुभयो । 

“नाम, मेरो जीवन, मेरो लेखन पनि जीवनकै वरिपरि घुमेको छ,” लेखक प्रसाईंले भन्नुभयो, “जीवन वरदान हो, तर हामीले जीवनलाई नचाहिँदो तनाव बोकाएका छौँ ।” सबैतिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा छ तर अब इमोसनल इन्टेलिजेन्स (इआई) पनि महत्वपूर्ण सवाल भएको बताउँदै लेखक प्रसाईंले भन्नुभयो, “भावनात्मक बुद्धिमत्ताबिना समूहमा कार्य गर्न, सामाजिक हुन गाह्रो हुन्छ ।” “फुल टाइम राइटिङ गर्छु भन्नेका लागि जीवनकुमार प्रसाईं जस्ता लेखक चुनौती र दृष्टान्त एकसाथ हुन्,” नेपालयका सम्पादक विमल आचार्यले बताउनुभयो ।