• २६ वैशाख २०८२, शुक्रबार

पाण्डेको एकल कविता वाचन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २६ गते । साहित्यकार सीता पाण्डेको एकल कविता वाचन सम्पन्न भएको छ । कार्यक्रममा कवि पाण्डेसँगै शैलेन्द्र साकार, डा. सृजना शर्मा, सुशीला शर्मा र यशोदा अधिकारीले समेत पाण्डेका कविता वाचन गर्नुभएको थियो । वरिष्ठ समालोचक प्राडा गोविन्दराज भट्टराईले कवि पाण्डेका कृति सरल तर गहन हुने गरेको बताउँदै बिम्बको प्रयोग भएका कथा, संस्मरण र कवितामा यौन विषयवस्तु उल्लेख भए पनि ती उच्छृङ्खल नभई शालीन हुने गरेको बताउनुभयो । साहित्यकार प्राडा कुमार कोइरालाले पाण्डेका कृतिहरू ‘असजिला खुसीहरू’ ‘यौन र अनुभूति’  बारेमा सङ्क्षिप्त टिप्पणीसमेत गर्नुभएको थियो ।