काठमाडौँ, वैशाख १९ गते । ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
एन्फा मैदान सातदोवाटोमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजले ब्वाइज युनियनलाई ३–२ गोलले हरायो । ब्रिगेडको जितमा दोर्जे तामाङले २९औँ, सुजित वुढाथोकीले ६६औँ र मिलन लिम्बुले ७१औँ मिनेटमा गोल गर्नुभयो ।
यस्तै ब्वाइज युनियनका लागि रोमन श्रेष्ठले ७९औँ र आशिष गुरुङले ८७औँ मिनेटमा गोल फर्काएपनि टोलीको हार टरेन । जितसँगै ब्वाईजले नौ खेलबाट १५ अङ्क बनाएको छ । ब्रिगेडको समान खेलबाट १२ अङ्क छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।
यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।