• १७ वैशाख २०८२, बुधबार

चेकजाँचका क्रममा भागेको कार दुर्घटना, चार सय २१ किलो गाँजा बरामद

blog

धनकुटाबाट गाँजासहित नियन्त्रणमा लिएको कार । तस्बिर : सशस्त्र प्रहरी

धनकुटा, वैशाख १७ गते । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउँपालिका– ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन वेस मुलघाटको चेक प्वाइन्ट डिउटीले शङ्का लागि चेकजाँच गर्न  खोज्दा भागेको डिएसपी सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

को. २ प. १७३४ नम्बरको कार भागेपछि पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकी चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिएको र चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको चार सय २१ किलो गाँजा फेला परेको हो । 

कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।