केशवचन्द्र महरा
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको जोरायल गाउँपालिका २ मेलखोलामा हाइस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मङ्गलवार राति ११ स् ३० बजेको समयमा धनगढीबाट बैतडी जाँदै गरेको सु।प।प्र। ०२००१ ज ०५६७ नम्बरको इलोक्ट्रनिक हाइस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार दुर्घटनामा हाइस चालक पूर्चौडी गाउँपालिकाका २४ वर्षीय अशोक बमसहित ७ जना यात्रु घाइते भएका हुन् ।
दुर्घटनामा डिलासैनी गाउँपालिका ४ का ४५ वर्षीय हर्क बहादुर नेगी, सोही ठाउँका २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी र २८ वर्षीय वीर बहादुर नेगी घाइते भएका छन् ।
घाइते मध्य ५ जनाको स्वास्थ्य अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ। इभि हाइस चालक बम र ६५ वर्षीय धना नेगीको अवस्था गम्भीर रहेको छ। घाइते सबैको उद्धार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार इभि हाइस एक्कासी आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।