• १६ वैशाख २०८२, मङ्गलबार

तीन किलो ८६० ग्राम लागु औषधसहित एक जना पक्राउ

blog

स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख १६ गते ।
मकवानपुर प्रहरीले लागु औषध अफिमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । तीन किलो ८६० ग्राम लागु औषध अफिमसहित हेटौँडा–११ थानाभर्‍याङका ठाकुर सिंह मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मोक्तानको घरको खानतलासी गर्दा उक्त लागु औषध फेला पारेको हो ।

मोक्तानले आफू सुत्ने कोठाको खाठमा लागु औषध अफिम लुकाइछिपाइ राखेका थिए । 

प्रहरीका अनुसार मोक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागु औषध कसुर मुद्दामा चार दिनको म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको छ  ।