• १५ वैशाख २०८२, सोमबार

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई जना घाइते

blog

रेखीराम राना

तानसेन, वैशाख १५ गते । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । 

गए राति सवा १० बजेतिर सिद्धेश्वरको असारे स्थित भित्री सडक खण्ड हुँदै ठूलापोखरीतर्फ जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकदेखि दुई सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामीमगर, सोही स्थानका ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहनुभएको छ । यस्तै सोही स्थानका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते हुनुभएको छ । 

घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । दुर्घटनाको कारणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।