शङ्कर केसी
सल्यान, वैशाख १४ गते । जिल्लाको काल्चे सल्लेरी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिँदा दुई घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका वडा नं १ को काल्चे सल्लेरी सामुदायिक वनमा लागेको ढडेलो बस्तीमा फैलिदा दुई वटा घर जलेको वडाध्यक्ष प्रकाश हमालले जानकारी दिनुभयो ।
दिउँसो करिब १ बजेबाट सुरु भएको आगलागी अझै आगलागी नियन्त्रणमा आउन नसकेको जानकारी दिनुुहुँदै उहाँले गाउँका अन्य घरहरू समेत जल्न सक्ने भएकाले नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय थारमारे तथा इप्रका दमाचौरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
“प्रहरी तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहनुभएको छ”, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर रेशमबहादुर खत्रीले भन्नुभयो ।