काठमाडौँ, वैशाख ४ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापामाथि विश्व फुटबल महासङ्घ (फिफा) ले लगाएको १० वर्षे प्रतिबन्ध सकिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका थापामाथि फिफाले सन् २०१५ अप्रिल १६ मा आर्थिक अनियमितताको आरोपमा १० वर्षसम्म प्रतिबन्ध गरेको थियो । तत्कालीन समयमा एन्फा अध्यक्ष समेत रहनुभएका थापाले बिहीबार एक विज्ञप्ती जारी गर्दै आफुमाथि लागेको प्रतिबन्ध वैशाख २ गते फुकुवा भएको उल्लेख गर्नुभएको छ ।
फिफाले थापालाई फुटबलका सबैखाले गतिविधिबाट प्रतिबन्ध लगाएको थियो । थापाले विज्ञप्तीमा अब आफु सबै खाले निलम्बनबाट फुकुवा भएको पनि जनाउँदै नेपाली फुटबल शुद्धीकरणका लागि आन्दोलन गर्ने घोषणा पनि गर्नुभएको छ ।